अटो रिक्सा दुर्घटना हुँदा रुकुम पूर्वमा बालिकाको ज्यान गयो, ४...
मंसिर २६, २०८१ बुधबार
अमेरिकी कलाकार जिम्मी बेनेटले सन् २०१३ मा प्रसिद्ध हलिउड अभिनेत्री एवम् फिल्म मेकर एसिया अर्जेन्टोले उनीमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि अर्जेन्टोले त्यस घटना लाई गुपचुप राख्न बेनेटलाई ३ लाख ८० हजार अमेरिकी डलर दिएर उनीहरुबीच कुरा मिलाएको खुलासा भएको छ ।
न्यूयोर्क टाइम्सले बेनेट र अर्जेन्टोबीच भएको सहमतिको कागजात सहित समाचार छापे पछि यो खबर सार्वजनिक भएको हो ।
बेनेट १७ बर्षको हुँदा त्यतिबेला ३७ बर्षीय अर्जेन्टोले उनको ईच्छा विपरित क्यालिफोर्नियाको एक होटेलमा उनीमाथि यौन आक्रमण गरेको बताइएको छ ।
बेनेट र अर्जेन्टोले सन २००४ को फिल्म ‘द हार्ट इज डिसिट्फुल अबभ अल थिङ्गस’मा सँगै अभिनय गरेका थिए जस्को निर्देशन समेत अर्जेन्टोले गरकी थिइन् ।
त्यति बेला ४ वर्षका बेनेट फिल्ममा अर्जेन्टोको छोराको रोलमा देखिएका थिए ।
रोचक त के छ भने अभिनेत्री एशिया अर्जेन्टा संसारैभरी यौन हिंसा र दुव्र्यवहारविरुद्ध सुरु गरिएको अभियान मी टू कि प्रमुख अभियन्ता हुन् र उनले नै सबैभन्दा पहिले प्रसिद्ध अमेरिकी निर्माता हार्बी वाइन्स्टिनको यौन कर्तुतको पर्दाफास गरेकी थिईन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।