बाग्लुङकाे मूलपानीमा १२ फीट लामो किङ कोब्रा भेटियो

 चैत २८, २०७७ शनिबार १५:४६:३ | रासस
unn.prixa.net

बागलुङ – बाग्लुङ नगरपालिका–७ मूलपानीमा विषालु सर्पको प्रजाति किङ कोब्रा सर्प भेटिएको छ । स्थानीय सुदीप गौतमका घरमा सर्प भेटिएको हो । सर्प भेटिएपछि घरपरिवारले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरेपछि पोखराबाट ‘सर्प संरक्षण समाज पोखरा’का अध्यक्ष महेन्द्र कतिलाको टोलीले आएर उक्त सर्प अन्यत्र पठाएको छ ।​

कतिलाका अनुसार किङ कोब्रा नेपालको दुई हजार २०० मिटरसम्म पाइन्छ । शुक्रबार भेटिएको स्थान भने एक हजार पाँच सय मिटरको हाराहारीमा पर्छ । सुरक्षामा खटिएका प्रहरीले उक्त सर्प १२ फीट लामो र पाँच किलोग्रामको भएको बताउनुभयो ।

सर्प नै खाने यो सर्प केही खाएर आराम गरेका बेलामा घरभित्र पसेको हुन सक्ने उहाँले अनुमान गर्नुभयो । लामो अध्ययनका क्रममा पनि यो सर्पले जो पायो त्यसैलाई नटोकेको भेटिएकाले मार्ने वा अन्यत्र लाने नगरी गाउँ नजिकै छाडेको बताउनुभयो । प्रायः किङ कोब्राले टोक्दैमा विष लाग्छ भन्नेसमेत नभएको उहाँले बताउनुभयो ।

“यो सर्पले चाहेका बेला मात्र विष बमन गर्छ”, उहाँले भन्नुभयो, “विष बमन गरेको खण्डमा टोकेको ३० मिनेटमै मानिसको मृत्यु हुन्छ ।”

सहायक वन अधिकृत सन्दीप पौडेलका अनुसार पछिल्लो समय बागलुङ बजार आसपासमा किङ कोब्रा र अन्य प्रजातिका विषालु सर्प देखिन थालेकाले अस्पतालमा औषधि उपचारको व्यवस्थापनसमेत गर्नुपर्ने माग गरिएको छ । 

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया