नेप्से झन्डै ३६ अङ्कले घट्याे

 वैशाख ५, २०७८ आइतबार १६:१६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से झन्डै ३६ अङ्कले घटेको छ । कारोबार भएका सबैजसो समूहको शेयर ओरालो लागेपछि नेप्से ३५ दशमलव ८९ अङ्कले घटेर २६ सय ९९ दशमलव ५१ विन्दुमा झरेको छ ।

आइतवार बैंकिङ समूहको शेयर ३३ अङ्कले, विकास बैंक समूहको ४८ अङ्कले, व्यापारको एक सय २५, होटल तथा पर्यटन समूहको झण्डै ९३ अङ्कले, जलविद्युतको ३२,  फाइनान्सको १६, माइक्रोफाइनान्सको ५०, जीवन बीमाको एक सय ११, निर्जीवन बीमाको एक सय ८३,  उत्पादनको ६७ र अन्य समूहको शेयर २१ अङ्कले घटेको छ ।

आइतवार दुई सय सात कम्पनीका एक करोड ९५ लाख कित्ता शेयर आठ अर्ब ८० करोड रुपैयाँमा किनबेच भए । सबैभन्दा धेरै एभरेस्ट बैंकको ८७ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको  छ ।

आइतवार गुडविल फाइनान्सको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, दिव्यश्वरी हाइड्रो र नेपाल हाइड्रो कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।  

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया