कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा दक्ष जनशक्ति नहुँदा ८ लाख कामदार भारतबाट ल्याउनुपरेको बताउनुभएकाे छ ।
मजदुर दिवसको अवसरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले देशमा दक्ष जनशक्ति नहुँदा भारतबाट आठ लाख जना कामदार नेपालमा ल्याउनुपरेको गुनासो गर्नुभएकाे हाे ।
यस्तै श्रमिकसँगको सम्बन्ध सुधार भइरहे पनि यसलाई दिगो र भरपर्दाे बनाउन अझै धेरै काम गर्न बाँकी रहेको पनि उहाँले बताउनुभयाे । श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवर्द्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्ने उहाँकाे भनाइ छ ।
महामारीको यो अवस्थामा सबैका प्रयास र पहलहरू अर्थतन्त्र, उद्योग व्यवसाय र रोजगारीमा पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्न केन्द्रीत हुनु पर्नेमा गोल्छाको जोड छ ।
यस्तै नेपाली उद्योगले नेपाली कामदार नै काममा लगाउँछु भन्दा पनि जनशक्तिको अभाव रहेको उहाँकाे भनाइ छ। सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएको भन्दै अध्यक्ष गोल्छाले किन सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्नमा अवरोध आइरहेको छ, यसको व्यावहारिक समाधान खोजिनुपर्नेमा जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।