एनपीएल खेल्न स्कटल्यान्डका मक्मलेन नेपाल आइपुगे
मंसिर १४, २०८१ शुक्रबार
काठमाडौं – सरकारले कामको लागि विदेश जानुपर्ने बाध्यता हटाउँदै देशभित्रै कामको सम्मान गर्ने वातावरण बनाउने भएकाे छ ।
बिहीबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यस्तो जानकारी दिनुभएको हो ।
मन्त्री विष्टले श्रमको सम्मान गर्ने अभियानलाई देशभरी नै चलाउने र ‘श्रमको सम्मान, देशको अभियान’ भन्ने नारा पनि तयार गरिएको जानकारी दिनुभयो ।
विदेशमा जस्तो पनि काम गर्ने र नेपालमा त्यही काम गर्न अप्ठ्यारो मान्ने अवस्था रहेको भन्दै मन्त्री विष्टले अब कामको सम्मान गर्ने वातावरण सरकारले नै बनाउने दावी गर्नुभयो ।
‘काम नगरी रातारात धनी बन्न खोज्नेहरु छन्, त्यस्ता व्यक्तिलाई समाजले बहिष्कार गर्ने र श्रम गरेर समाजमा सम्मानपूर्व बाच्ने बतावरण सरकारले बनाउँछ,,’ मन्त्री विष्टले भन्नुभयो ।
मन्त्री विष्टले सरकारको प्राथमिकता देशमै रोजगारीका अवसर सृजना गर्ने र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यत्मक अवस्थालाई अनत्य गर्ने भएकाले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको नाम वैदेशिक रोजगार बोर्ड मात्र राखिने पनि बताउनुभयो ।
‘सरकारले वैदेशिक रोजगारीलाई प्रवर्द्धन गर्दैन, अब जानु पर्ने अवस्था रहुन्जेलसम्म व्यवस्थित गर्छ, हाम्रो योजना भनेको वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने र देशमै रोजगारी सृजना गर्ने हो’ मन्त्री विष्टले भन्नुभयो ।
बोर्डको काम र भूमिकालाई थप प्रभावकारी रुपमा अघि बढाउन मन्त्रालयले तयारी थालेको पनि उहाँले जानकारी दिनुभयो ।
सरकारले सीप नसिकी विदेश जाने प्रवृतिको पनि अन्त्य गर्ने भएको छ । मन्त्री विष्टले सरकारले सीप प्रदान गर्ने संरचना निर्माणको कार्ययोजना अघि बढाइसकेकोे जानकारी दिनुभयो ।
सीप नसिकी विदेश जाँदा भनेको काम र तलव नपाउने साथै समस्यामा पर्ने भएकाले अनिवार्य रुपमा सीप सिकेर मात्रै जानु पर्ने र त्यो वतावरण सरकारले नै बनाउने मन्त्री विष्टको भनाई छ ।
वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार १ दशमलव ८ प्रतिशत मात्रै दक्ष कामदार रोजगारीका लागि विभिन्न देश गएका छन् । २४ प्रतिशत अर्धदक्ष र ७४ दशमलव ५ प्रतिशत अदक्ष कामदार रोजगारीका लागि विदेश गएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।