भोलिदेखि श्रम स्वीकृति दिन बन्द, अनलाइनमार्फत पुनः श्रम स्वीकृति भने लिन सकिने

 वैशाख २३, २०७८ बिहीबार १३:२६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – वैदेशिक रोजगार विभागले अनलाइनमार्फत मात्र पुनः श्रम स्वीकृति दिन वैदेशिक रोजगार कार्यालयहरुलाई निर्देशन दिएको छ । विभागले भोलिदेखि भौतिक रुपमा उपस्थित भएर प्रदान गरिने सेवा बन्द गर्न आफू मातहतका श्रम कार्यालयहरुलाई निर्देशन दिएको हो । 

कोरोनाको जोखिम नियन्त्रणको लागि सरकारले निषेधाज्ञा लागू गरेसँगै अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द भएपछि विभागले भौतिक रुपमा उपस्थित भएर दिइने सेवा बैशाख २४ देखि बन्द गर्न निर्देशन दिएको छ । 

विभागको निर्देशन अनुरुप भौतिक रुपमा उपस्थित भएर दिइने सेवाहरु जस्तो अन्तिम श्रम स्वीकृति, वैधानिकीकरण तथा नयाँ श्रम स्वीकृति अन्तर्राष्ट्रिय उडान सञ्चालन नभएसम्मको लागि बन्द गरेको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले जनाएको छ । 

अनलाइन मार्फत पुनः श्रम स्वीकृति भने प्रदान गरिने कार्यालयले जनाएको छ । अनलाइन सेवाबारे थप जानकारीका लागि वैदेशिक रोजगार कार्यालयमा सम्पर्क गरेर बुझ्न सकिनेछ ।


 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Suresh pachhai

    May 6, 2021, 2:36 p.m.

    जसको श्रम भैसकेको छ, त्यो कसरी जाने रोजगारीमा ? प्लेन त सबै बन्द छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया