नेप्से १० अङ्कले बढ्यो, १३ कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढ्यो

 वैशाख ३०, २०७८ बिहीबार १५:१९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार परिसूचक नेप्से बिहीवार (आज) बढेको छ । उत्पादन, व्यापार र होटलबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से १० दशमलव १३ अङ्कले बढेर २६ सय ८४ दशमलव शून्य एक विन्दुमा पुगेको हो ।

आज बैंकिङ समूहको शेयर तीन अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको शेयर ७१ अङ्कले, जलविद्युतको ३७ अङ्कले, फाइनान्सको ६० अङ्कले, माइक्रोफाइनान्सको पाँच अङ्कले, जीवन बीमा समूहको शेयर ८५ अङ्कले, निर्जीवन बीमा समूहको साढे पाँच अङ्कले र अन्य समूहको शेयर १३ अङ्कले बढेको छ ।

आज दुई सय १८ कम्पनीका दुई करोड १९ लाख कित्ता शेयर सात अर्ब १२ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ४९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज दिव्यश्वरी हाइड्रो र समता फाइनान्सको शेयर १० प्रतिशत र अरू ११ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि रिडी हाइड्रोपावर विकास कम्पनीको शेयर दुई प्रतिशतले घटेको छ ।  

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया