कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
दाङ – लमही नगरपालिका–९, अमेलियाका बाढीपीडितलाई लमही नगरपालिकाले आवास निर्माण गरी हस्तान्तरण गरेको छ ।
२०७४ साउन २७ गतेको बाढीले लमही ९ अमेलियाका २२ घर पूर्णरुपमा बस्न नमिल्ने गरी भत्किएपछि स्थानीय तहले बाढीपिडित बस्तीको पुनर्निर्माण अभियान सञ्चालन गरेको थियो ।
एक वर्षपछि नयाँ घर पाउँदा अमेलियाका बाढीपिडितहरु खुसी भएका छन् । बाढीको कारण घरविहीन बनेकी पुनकला भुसाल घरधनीको रुपमा नयाँघरमा पुनस्र्थापित हुनुभएको छ ।
लमही–९ मैनेका मोहन डाँगीले स्थानीय तहको सहयोगमा नयाँ घरमा बस्न पाएकोमा खुसी हुनुभयो । स्थानीय सरकारले हामीलाई सहयोग गरेको छ । ‘पीडामा मलम बनेको छ खुसी छौ । काठको लागि सहयोग भए राम्रो हुनेथियो’, डाँगीले भन्नुभयो ।
लमही नगरपालिकाले सुरक्षित जग्गा खोजेर पक्की घर निर्माण गरिदिएपछि पुनकला र मोहनसहितका २२ घर परिवार पुनस्र्थापित भएका हुन् ।
‘बाढी घरभित्रै पस्दा मुस्किलले बाँचेका थियौं, यसपालीको वर्षामा ढुक्कसँग बस्न पाइएको छ,’ पुनकलाले भन्नुभयो । लमही नगरपालिकाले पूर्ण क्षति भएका परिवारलाई प्रति परिवार घर निर्माणका लागि दुई लाख सहयोग गरेको थियोे ।
नगरपालिकाको सहयोग र स्थानीयको सक्रियतामा भान्छा र शौचालयसहितको नयाँ घर निर्माण गरिएको हो । बाढीपीडितलाई स्थानीय सरकारको अनुभूति हुने गरी राष्ट्रिय वनको खाली जमिनमा बसोबासको व्यवस्था गरिएको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले बताउनुभयोे ।
आवश्यक काठ व्यवस्था गर्न सामुदायिक वनलाई अनुरोध गर्ने र बाढीपीडितलाई सबै सुविधा सहितको पक्की घर निर्माण गरिने केसीले बताउनुभयो ।
लमही–९, का मैनेमा चार, तेल्लेमा तीन, रिहारमा छ, हात्तीखाल, अमेलिया र बाङ्गेतालमा नौ वटा पक्की घर निर्माण गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।