तीन अन्तर्राष्ट्रिय र अन्य विमानस्थलका लागि २० अर्ब, सुकेटार विमानस्थल अब ‘रवीन्द्र विमानस्थल’

 जेठ १५, २०७८ शनिबार २०:१०:३५ | रासस
unn.prixa.net

काठमाण्डाै – आउँदाे आर्थिक वर्ष २०७८/०७९ का लागि सरकारले तीन अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न २० अर्ब ३१ करोड रुपैयाँकाे बजेट विनियोजन गरेको छ ।

अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सौन्दर्यीकरण, भैरहवामा रहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय र पोखरामा रहेकाे क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि झन्डै २० अर्ब रुपैयाँ बजेट विनियोज गरिएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न आठ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन, ट्याक्सी वे विस्तार गर्न तथा टर्मिनल भवन बनाउन ६ अर्ब ९५ करोड रुपैयाँ र भैरहवामा रहेकाे गौतमबुद्ध विमानस्थलको थप निर्माणको काम सम्पन्न गर्न र दोसो टर्मिनल भवन बनाउन तीन अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको हो । 

यस्तै आउँदाे आवमा सरकारले आन्तरिक विमानस्थलको पूर्वाधार निर्माणमा एक अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरेको छ । इलाम, गुल्मी र डोल्पामा रहेका विमानस्थलमा परीक्षण उडान गर्ने, सुर्खेत र विराटनगर विमास्थलको विस्तार गर्ने, ओखलढुङ्गा र ताप्लेजुङ विमानस्थलको धावनमार्ग विस्तार गरिनेछ । 

सुकेटार विमानस्थलाई रवीन्द्र अधिकारीको नामकरण

बजेटमा सुकेटार विमानस्थलाई पूर्व–पर्यटन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको नामबाट नामकरण गरिने भएको छ । यस्तै ताप्लेजुङको चुहाडाँडामा निर्माण हुने विमानस्थलको नामाकरण स्वर्गीय आङछिरिङ शेर्पाको नामबाट राखिने भएको छ । अधिकारी तथा शेर्पालगायत पाँच जनाको २०७५ साल फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परि ज्यान गएको थियो । चुहानडाँडा विमानस्थल निर्माणको सम्भाव्यता अवलोकनका लागि गएको बेला हेलिकप्टर दुर्घटना भएको थियो ।

बजेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो गएकाे आवको तुलनामा बजेटमा वृद्धि हो । 
सरकारले आउँदाे आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट कार्यान्वयन हुने कार्यक्रम तथा आयोजनाका लागि २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेको हो । चालु आवमा पर्यटन मन्त्रालयका लागि २६ अर्ब १२ करोड रुपैयाँको बजेट विनियोजन गरिएको थियो । 

पर्यटन प्रवर्द्धन गर्न ग्रेट हिमालय ट्रेलको गुरुयोजना पूरा हुने जनाइएको छ । यस्तै पर्यटनमा विदेशी लगानी आकर्षित गर्ने सरकारकाे नीति रहेको भन्दै अर्थ मन्त्री पौडेलले काठमाण्डाै आसपास हाइकिङ ट्रेल र पदयात्रा मार्ग बनाइने बताउनुभएको छ ।   

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया