जुन १ देखि मलेसियामा अत्यावश्यक बाहेक सबै आर्थिक र सामाजिक गतिविधिमा रोक

 जेठ १६, २०७८ आइतबार १६:३१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना सङ्क्रमण रोकथामका लागि मलेसियामा फेरि देशव्यापी लकडाउन ‘मोमेन्ट कन्ट्रोल अर्डर’ लागू हुने भएको छ ।

जुन १ देखि १४ सम्म मलेसिया सरकारले अत्यावश्यक बाहेक सबै प्रकारका आर्थिक र सामाजिक गतिविधिमा रोक लगाउने निर्णय गरेको स्थानी सञ्चार माध्यम द स्टारले खबर लेखेको छ । खाद्यान्न, स्वास्थ्य क्षेत्र, पानी, बिजुली, सुरक्षा, इन्धन आयात निर्यात, बैङ्क तथा वित्तीय संस्था लगायतका १७ वटा अत्यावश्यक क्षेत्र बाहेक अन्य क्षेत्र सञ्चालन हुने छैन । 

अत्यावश्यक बस्तु खरिदका लागि पनि एकै परिवारका दुई व्यक्तिभन्दा जान पाइने छैन । 

श्रमिकहरूलाई काममा आवतजावत गर्नका लागि यसअघि जारी गरिएका सबै पासहरू पनि ३१ मे देखि रद्द हुनेछ । जुन १ देखि त्यस्ता पासहरू काम लाग्ने छैनन् । कामको क्षेत्र अनुसार सम्बन्धित निकायले फेरि पास जारी गर्ने मलेसियाले जनाएको छ ।

पछिल्लो समय मलेसियामा कोरोना सङ्क्रमण निकै बढेको छ ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया