रक्सी चाेरेकाे फाेटाे सामाजिक सञ्जालमा सार्वजनिक भएपछि असईसहित तीन प्रहरी निलम्बित

 जेठ १७, २०७८ सोमबार १५:५५:२५ | रासस
unn.prixa.net

सिरहा – प्रहरी आचरण विपरीत कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षक (असई) सहित तीन प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ । 

निषेधाज्ञाको समयमा लहान नगरपालिका २३ गढिया चोकमा रहेकाे पूजा मदिरा पसलमा हो–हल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला त्याे मदिरा पसलबाट प्रहरीले रक्सी चोरेको भन्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले तीनै जना प्रहरीलाई निलम्बन गरेको हो । 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) शालिग्राम शर्माका अनुसार त्यहाँ काममा खटिएका प्रहरी सहायक निरीक्षक नबलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार रायलाई निलम्बन गरिएको छ ।

प्रहरीका आचरण विपरीत कार्य गरेको पाइएकाले प्रहरी नियमावली २०७१ बमोजिम तीनै जनालाई निलम्बन गरी थप अनुसन्धान भइरहेको डीएसपी शर्माले बताउनुभयो ।    

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • RAVI RANJIT

    June 8, 2021, 2:27 p.m.

    रक्सी चोरेको आरोपमा पक्राउ तर ठुलाबडाले गर्ने गैर काममा चाहिँ छुट ? यो चाहिँ आचरण भित्र पर्दैनन् ? यहि नै हो ठुलालाई चैन, सानालाइ एन ? धन्यवाद , जय मातृभुमी नेपाल ।

  •  0 Reply

तपाईको प्रतिक्रिया