यू–१९ एशिया कप : नेपाल लगातार दाेस्राे खेलमा पराजित
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लम्बिएसँगै राहदानी विभागले निश्चित दिन तोकेर सेवा दिने भएको छ ।
आज शुक्रबारदेखि ३१ गतेसम्मको लागि तोकिएको निषेधाज्ञाको समयमा स्वास्थ्य उपचार वा अन्य अत्यावश्यक कामको सिलसिलामा विदेश जानुपर्ने व्यक्तिले तोकिएको समयमा मात्र राहदानी बनाउन आउन सक्ने विभागले जनाएको छ ।
जेठ २३ गते आइतबार, २५ गते मंगलबार, २७ गते बिहीबार र ३० गते शुक्रबारका दिन विभाग खुल्ला रहने छ । यी दिनमा बिहान ११ बजेदेखि दिउँसोको दुई बजेभित्र राहदानी बनाउनका लागि विभागमा जान पर्नेछ ।
स्वास्थ्य उपचार वा अन्य अत्यावश्यक कामको सिलसिलामा विदेश जानुपर्ने व्यक्तिको बाहेक यो समयमा राहदानी जारी हुनेछैन ।
निषेधाज्ञाको समयमा कर्मचारीलाई कार्यालय आवतजावत गर्न समेत कठिनाइ हुने भएकाले निश्चित सेवा दिनका लागि निश्चित समय तोकिएको विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।