दाङ : घरकाे गाराे भत्किएर ज्यान गुमाएकी तीन महिने शिशुका परिवारलाई आर्थिक सहायता

 असार २५, २०७८ शुक्रबार २०:२३:५० | हेमराज शर्मा
unn.prixa.net

दाङ – घोराही उपमहानगरपालिका १७ क्वाडीमा घरको गारो भत्किएर ज्यान गुमाएकी तीन महिनाकी शिशु विनु चौधरीको परिवारलाई सवा दुई लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट दुई लाख र घोराही उपमहानगरपालिकाको तर्फबाट २५ हजार गरी दुई लाख २५ हजार रुपैयाँ उपलब्ध गराइएको हो ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, प्रहरी प्रमुख एसपी सुरेश काफ्लेसहित जनप्रतिनिध र पत्रकारको उपस्थितिमा ज्यान गुमाएकी विनुकी बुबा आशाराम चौधरीलाई त्याे रकम हस्तान्तरण गरिएकाे हाे । 

घरकाे गाराे भत्किँदा आशारामकी श्रीमती र छोरी घाइते भएको र उनीहरूको निःशुल्क उपचार गरिने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले जानकारी दिनुभयाे । यस्ता विपद्का घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारलाई सरकारले तोकेको आर्थिक सहायता उपलब्ध गराएको र घाइतेको उपचार खर्च सरकारले बेहाेर्ने प्रजिअ कुरुम्बाङले बताउनुभयाे । 

गएकाे बुधवार घरकाे गाराे भत्किँदा तीन महिनाकी शिशु विनुकाे ज्यान गएकाे थियाे ।  

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया