उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
दाङ - दाङको घोराही उपमहानगरपालिकाले घर-घरबाट फोहर किन्न गर्न थालेको छ । गल्ने फोहरबाट ग्यास र मल उत्पादन गर्नका लागि र नगल्ने फोहरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउने उद्देश्यअनुसार उपमहानगरपालिकाले शुक्रवारदेखि नगरवासीको घरघरमा पुगेर फोहर किन्न सुरु गरेको हो । गल्ने फोहरबाट ग्यास निकाल्ने तयारी अन्तिम चरणमा पुर्याएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।
फोहर सङ्कलनबारे केही महिना पहिले सरसफाइ स्वयंसेवक परिचालन गरेर फोहर किन्ने बारेमा जानकारी गराएको उपमहानगरपालिकाले शुक्रवारदेखि नागरिकहरुको घरमै पुगेर फोहर खरिद गर्न थालेको छ । घोराही उपमहानगरपालिका वडा न १४ नयाँ बसपार्कबाट नगर प्रमुख नरुलाल चौधरी, सरसफाइ, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, नगरका प्रवक्ता भरत अर्याल, शाखा प्रमुख लक्ष्मण अधिकारीको उपस्थितिमा फोहर किनेर अभियानको थालनी गर्नु भएको छ ।
उपमहानगरपालिकाले प्लाष्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई १० रुपैयाँ, कपडा प्रति किलो ५ रुपैयाँ, सूर्ती जन्य प्लाष्टिकको फोहर प्रति किलो २ रुपैयाँ, गत्ता, कापीसहित वर्गीकरण अनुसारका फोहरलाई १० देखि २० रुपैयाँ प्रति किलोमा खरिद गर्ने दर कायम गरिएको छ ।
यसरी खरिद गरिएको गल्ने फोहरलाई बायो ग्यासमा प्रयोग गरिने र नगल्ने फोहरलाई उद्योगहरुसँग समन्वय गरेर बिक्री गरिने नगर प्रमुख चौधरीले जानकारी दिनुभयो । दैनिक उत्पादन हुने फोहरको व्यवस्थापनमा सहजता ल्याउन र खेर जानबाट बचाउनका लागि यो अभियानको थालनी गरिएको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।