पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
सिन्धुपाल्चाेक – प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची–हेलम्बुकाे पुनर्निर्माणमा ढिलासुस्ती नगर्ने आश्वासन दिनुभएकाे छ । बाढी प्रभावित सिन्धुपाल्चाेककाे मेलम्ची र हेलम्बु दाैडाहामा जानुभएका प्रधानमन्त्री ओलीले बाढीले भत्काएको पुल, विद्यालय सरकारले बनाउने घोषणा गर्नुभएकाे हाे ।
यस्तै उहाँले मेलम्ची–हेलम्बुमा बाढीबाट क्षति पुगेका तीन सय ६६ पीडित घरपरिवारलाई ५०/५० हजार रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ । साथै घाइतेकाे उपचार सरकारले गर्ने प्रधानमन्त्री ओलीले बताउनुभएकाे छ ।
गएकाे असार १ गते मेलम्ची खोलमा आएको बाढीको निरीक्षणका क्रममा ओली मेलम्ची र हेलम्बुमा अवलाेकन गर्न जानुभएकाे हाे । उहाँले पीडित परिवारलाई १५ सय बन्डल जस्तापाता उपलब्ध गराउने पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।