वाग्मती प्रदेशमा सवारी साधनको ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने

 साउन ८, २०७८ शुक्रबार १९:३८:२४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वागमती प्रदेशमा सवारी साधनको ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने भएको छ ।  सरकारले आज शुक्रवार वाग्मती प्रदेशबाट सवारी कर, जरिबानालगायतका राजस्व भुक्तानीसँगै नवीकरण अनलाइनबाटै गर्न सकिने गरी यातायात व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

अब वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमार्फत प्रवाह हुने सेवा यही प्रणालीमार्फत अनलाइनमा उपलब्ध भएको छ । प्रदेश राजधानी हेटौँडामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले यो अनलाइन प्रणालीको उद्घाटन गर्नुभएको हो ।

मन्त्रालयको वेबसाइट र नागरिक एपबाट यो सेवा लिन सकिन्छ । यसका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) तयार पारेको छ ।

सेवाग्राही आफैँले सूचना प्रणालीमा आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिबाना तथा राजस्व बाँकी बक्यौता, बीमा लगायतको अवस्थाको विवरण हेर्न मिल्ने गरी यो प्रणाली निर्माण गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बरालले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

1 Comments

  • Ravi Shrestha

    July 23, 2021, 8:08 p.m.

    एकदम सही , तर के यो एप्लिकेसन लामो समय सम्म चल्ला त ? कि केही समय पछि बिभिन्न समस्याको कारण बन्द हुने छ ?

  •  0 Reply

तपाईको प्रतिक्रिया