कोरोना विरुद्धकाे खोप लगाएकालाई आजदेखि कुवेतमा प्रवेश खुला

 साउन १७, २०७८ आइतबार १६:५०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना विरुद्धको खोप लगाएका विदेशी नागरिकलाई कुवेतले आजदेखि प्रवेश खुला गरेकाे छ । कुवेतका विमानस्थलहरुलाई त्यहाँको सरकारले खोपको पूर्ण मात्रा लगाइसकेका यात्रुलाई प्रवेश गर्न अनुमति दिइसकेको कुवेत टाइमले जनाएको छ ।

कुवेत आउन चाहने यात्रुले आफूले खोप लगाएको प्रमाणपत्र कुवेतको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा अपलोड गर्नुपर्ने जनाइएको छ । जहाजमा चढ्नुभन्दा ७२ घण्टा पहिलको कोरोना नेगेटिभ रिपोर्ट पनि अनिवार्य साथमा हुनुपर्नेछ । यस्तै कुवेत प्रवेश गरेको सात दिनसम्म घरमै क्वरेण्टीन बस्नुपर्ने हुन्छ । तर तीन दिनमै कोरोना रिपोर्ट नेगेटिभको रिपोर्ट देखाएमा एक हप्तासम्म क्वरेण्टीन बसिरहनु नपर्ने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि कुवेतले गएको फेब्रुअरी महिनादेखि विदेशी नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको थियो । कुवेतले पाँच कम्पनीका खोपलाई अनुमति दिएको छ । फाइजर, बायोएनटेक, मोर्डेना, जोनसन एण्ड जोनसन र एक्ट्राजेनेका खोपलाई कुवेतले मान्यता दिएको छ । यी कम्पनीकामध्ये नेपालमा जोनसन एण्ड जोनसन मात्र आएको छ, त्यो पनि निकै कम मात्रामा ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया