यू–१९ एशिया कप : नेपालले बङ्गलादेशलाई दियाे १ सय ४२ रनकाे ...
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – गएको वर्ष वैदेशिक रोजगारीमा गएका १४३ जना अङ्गभङ्ग/बिरामी भएर स्वदेश फर्किएका छन् ।
वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०७७/७८ मात्रै विभिन्न १२ देशबाट १४३ जना अङ्गभङ्ग/बिरामी भएर फर्किएका हुन् ।
अङ्गभङ्ग/बिरामी हुनेको सङ्ख्या सबैभन्दा धेरै साउदीमा रहेको छ । साउदीबाट मात्रै ३५ जना श्रमिक अङ्गभङ्ग/बिरामी भएर फर्किएका हुन् ।
साउदीपछि यूएईबाट ३१ जना, मलेसियाबाट २७ जना, कतारबाट २३ जना, कुवेतबाट ९ जना, बहराइनबाट ४ जना, अफगानिस्तानबाट १, जोर्डनबाट १, माल्टाबाट १, ओमानबाट १, पोर्चुगलबाट १ र दक्षिण कोरियाबाट ९ जना अङ्गभङ्ग/बिरामी भएर फर्किएको बोर्डले जनाएको छ ।
अङ्गभङ्ग÷बिरामी भएर फर्कने मध्ये सबैभन्दा धेरै विभिन्न रोगको कारण स्वदेश फर्किएको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।
९५ जना विभिन्न रोगको सिकार भएका छन् भने ८ जना क्यान्सर भएर फर्किएका छन् ।
११ जना मिर्गौला सम्बन्धी समस्या भएर, १२ जना सडक दुर्घटनामा परेर, १० जना काम गर्ने ठाउँमै दुर्घटनामा परेर, २ जना ह्दयघातको कारण र ५ जना अन्य विभिन्न कारणले अङ्गभङ्ग/बिरामी भएर स्वदेश फर्किएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।