उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
रोल्पा - रोल्पाकोे रोल्पा नगरपालिका–१० धबाङमा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ ।
गएराति २ बजे घरमाथिबाट आएको पहिरोले पुरिँदा पूर्णबहादुर थापाकी श्रीमती ७० वर्षीया गौरी थापा र छोरीतर्फका नाति ५ वर्षीय हिमाल रोकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
पहिरोमा परेर थापाकी छोरी भीमकुमारी रोका र ज्वाइँ मनबहादुर रोका घाइते हुनु भएको छ । उनीहरुलाई उपचारका लागि डोकोमा बोकेर सदरमुकाम लिबाङ ल्याइँदै छ । पूर्णबहादुर थापा भने गोठमा सुतेकाले सकुशल रहनुभएका प्रहरीले जनाएको छ ।
रुकुम चुनबाङ घर भएका थापाका छोरी ज्वाइँ विवाह भएदेखि माइतीमै बस्दै आएका थिए । पहिरोले थप दुई घरमा क्षति पुर्याएकाे प्रहरीले बताएको छ । यस्तै जिल्लाकै सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरमा पार्किङ गरेर राखेको रा १ ख २०६८ नम्बरको बस फगाम खोलाले बगाएको छ भने सुनछहरी गाउँपालिका–७ जेलबाङमा रहेको नैबाङखोला जलविद्युतको नहर बगाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।