जागिर लगाइदिने भन्दै ठगी गर्ने 'पीजी रियल स्टेट एण्ड जब लिंक'का सञ्चालक पक्राउ

 भदौ २८, २०७८ सोमबार १४:१४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कास्की – विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।  पोखरा महानगरपालिका–२७ तालचोक बस्ने  स्याङ्जा फेदीखोला गाउँपालिका–४ घर भएका २१ वर्षीय कृष्ण पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हाे ।

पीजी रियल स्टेट एण्ड जब लिंक नामक संस्था सञ्चालन गरी उनले विभिन्न कम्पनीमा जागिर लगाइ दिन्छु भन्दै प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँको दरले पैसा उठाएर काममा नलगाइ ठगी गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनी विरुद्ध जिल्ला अदालत कास्कीबाट ठगी (आपराधिक लाभ, विश्वासघात) मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया