दक्षिण कोरियामा एक शताब्दीपछिकै बाक्लो हिमपात, तीन जनाको ज्या...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – तीन दिनदेखि लगातार घटिरहेको शेयर बजार आज बुधवार भने बढेको छ । नेप्से आज ५० दशमलव ५८ अङ्कले बढेर दुई हजार ६ सय ६५ दशमलव ९३ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेको छ । दुई सय २९ कम्पनीको शेयर कारोबार भएकोमा २१ वटा कम्पनीको शेयर मात्रै घटेको छ ।
आज अपी पावर कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि मेगा बैंक र युनिलिभर नेपाल कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज ९८ लाख ९४ हजार कित्ता शेयर पाँच अर्ब २८ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको २२ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।