नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
भक्तपुर – नेपालीको महान् चाड दशैँ, तिहार नजिकै आइसकेको छ । दशैँ नजिकिएसँगै बजारमा उपभोक्ताको भिड लाग्न थालेको छ । चाडबाडको मौकामा बजारमा व्यापारीहरूको मनोमानी बढ्दै गएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा वाणिज्य विभाग, साना तथा घरेलु उद्योग कार्यालय, खाद्य गुणस्तर विभाग, प्रहरी, उपभोक्ता महासङ्घ, नगरपालिका र पत्रकारसहितको टोलीले सुरु गरेको बजार अनुगमनमा यस्तो पाइएको हो । बजार अनुगमनका क्रममा ठूला व्यापारिक केन्द्रका रूपमा चिनिएको भाटभटेनी सुपर मार्केटदेखि स्थानीय खुद्रा व्यापारीसम्मले उपभोक्तालाई ठगी गरेको पाइएको छ ।
आज आइतवार बिहान भक्तपुरको सूर्यविनायक क्षेत्रमा भएको अनुगमनमा सेल्सबेरीमा खरिद बिल नै नराखी आफैँले मूल्य सूची टाँसेर सामान बिक्री गरेको पाइएको छ । दैनिक उपभोग्य सामानमा समेत पसलै पिच्छे फरक मूल्य रहने गरेको बजार अनुगमनका क्रममा पाइएको छ । अनुगमन टोलीले विभिन्न सामानको मूल्यमाथि प्रश्न गर्दै सामान खरिद बिल हेर्न खोज्दा खरिद बिल नै नराखेको पाइएको छ भने नापतौलमा फरक परेको पाइएको छ । नापतौलको अनुमतिसमेत नलिएको पाइएपछि तीन दिनभित्र कार्यालयमा उपस्थित भइ सम्पूर्ण कागजपत्र पेस गर्न निर्देशन दिएको छ ।
सूर्यविनायककै मानन्धर हार्डवेयरमा उपभोक्तालाई नाफा छुट नदिइ बिक्री गरेको पाइएको छ । हार्डवेयरले कम्पनीसँग बोनस र छुट लिए पनि उपभोक्तालाई छुट नदिएको र ढुवानी, लोड–अनलोडको नाममा थप शुल्क लिएर सामान बिक्री गरेको पाइएको छ । सूर्यविनायककै चम्पकेश्वर हार्डवेयरको अनुगमनमा सात वर्षदेखि नापतौलको अनुमति नै नलिइ सामान बिक्री गरेको पाइएको छ । आवश्यक बिल बिजकसमेत नराखेको पाइएको छ ।
सूर्यविनायकको दीपु इम्पेक्समा अनुगमन गर्नाका साथै चुनदेवीमा रहेकाे चुनदेवी स्टोरमा गरिएको अनुगमनमा टोलीले कारबाही गरेको छ । चुनदेवी स्टोरको सञ्चालक निलिमा कार्माचार्यलाई तत्कालै १० हजार रुपैयाँ जरिबाना गरेको छ । स्टोरले बिल बिजक देखाउन नसकेको, अत्यधिक फोहर गरेको, म्याद गुज्रेका सामान बिक्रीमा राखेको, कालोबजारी गरेको पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।
यसअघि प्रशासनको नेतृत्वमा मध्यपुरथिमि ४ राधेराधेमा रहेकाे भाटभटेनी सुपर मार्केटको अनुगमनमा भाटभटेनीले खरिद बिल बिजक साथमा नराखेको, तरकारीका प्याकेटका तौल उल्लेख नगरेको र केही वस्तुमा अस्वाभाविक मुनाफा राखेर बिक्री वितरण गरेको पाइएको उहाँले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तु कालोबजारी गरेको पाइएको थियो भने चिनीमा कालोबजारीसम्बन्धी ऐनले तोकेको खरिद मूल्यको २० प्रतिशतभन्दा बढी मुनाफा लिएर वस्तु बिक्री वितरण गरेको पाइएको छ । ऐनले यसो गरेमा कालोबजारी गरेको ठहर्ने व्यवस्था गरेको छ ।
भाटभटेनीले चिनीमा २५ प्रतिशत नाफा राखेर बिक्री गरेको पाइएको छ । भाटभटेनीले ७१ रुपैयाँ ५० पैसामा खरिद गरेको चिनी ८९ रुपैयाँमा बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएको छ भने बोतलको पानी २६ रुपैयाँमा खरिद गरेर ४५ रुपैयाँमा बिक्री गरेको पाइएको छ । अनुगमनका क्रममा ग्राहक अफरका नाममा बिस्कुटका प्याकेट टुटेको–फुटेकोसमेत बिक्रीका लागि राखेको, तरकारी र फलफूलमा उपभोक्तालाई ठगी गरेको, तरकारीका प्याकेटमा मूल्य राखे पनि तौल नराखेर प्रति केजी मूल्य कति हो ? उपभोक्तालाई जानकारी नदिइ बिक्री गरेको पाइएको छ ।
भाटभटेनीमा उपभोग्य सामानमा मिति नाघेका वस्तु र उपभोग्य वस्तु एकै ठाउँमा भण्डार गरेर बिक्री गरेको, बिस्कुट र चकलेटमा प्याकेटमा अङ्कित मूल्यभन्दा दोब्बर मूल्यमा बिक्री गरेको पाइएको छ । भाटभेटेनीको प्राङ्गणमै रहेको केएफसी चिकेन र पिजा हन्टले स्थानीय नगरपालिकामा व्यवसाय दर्ता नगरेको पाइएको छ । तेलमा पनि बढी मूल्य लिएर बिक्री गरेको पाइएको छ । भाटभटेनीले कालोबजारी गरेको र उपभोक्ता ठगी गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५० हजार रुपैयाँ जरिबाना गरेको सहायक प्रजिअ केशरीले जानकारी दिनुभयो ।
उपभोक्ता मञ्चका अध्यक्ष मनोज थापाले बजारमा अनियमितता बढेको बताउनुभयो । उहाँले भाटभटेनीमै पनि अनियमितता रहेको, ऐन विपरीत नाफा ८० देखि ३०० प्रतिशतसम्म राखेको पाइएको उहाँले जानकारी दिनुभयो । खाद्यान्न, तेल, घिउ, चिनीलगायतमा २५ देखि ८० प्रतिशतसम्म बढी मूल्य लिएको र लत्ताकपडामा ३०० प्रतिशत, चामलमा बोरामै ३०० देखि ४०० रुपैयाँसमेत बढी मूल्य लिएको पाइएको थापाले जानकारी दिनुभयो । यहाँ हर्बल मिसावट चिनीमा आधा किलोको १५८ रुपैयाँ लिएको बताउनुभयो । चाडबाडको मुखमा सरकारी निकाय डीडीसीले समेत तेल र घिउमा १०० रुपैयाँ वृद्धि गरेको पाइएको उहाँको भनाइ छ ।
हार्डवेयरहरूले डण्डीदेखि सिमेन्टसम्ममा उपभोक्तालाई ठगी गर्ने पाइएको बताउनुभयो । कम्पनीसँग छुट र बोनस लिने तर उपभोक्तालाई छुट नदिइ उल्टै ढुवानी, लोड–अनलोडको चार्ज भन्दै बढी मूल्य लिएर ठगी गर्ने गरेको पाइएको छ । सिमेन्टमा एक बोरामा ४५ रुपैयाँ ठगी गरेको पाइएको उहाँले बताउनुभयो ।
केही समय अगाडि सूर्यविनायकको शक्ति ब्रान्डको पाउरोटीमा किरा परेको भेटिएको स्मरण गर्दै अनुगमनलाई नियमित गरी कारबाहीको थालनी नगर्दा व्यापारीको मनोबल बढ्ने गरेको उहाँको भनाइ छ । अनुगमन गर्ने तर कारबाही नगरि फर्कने प्रवृत्ति नै गलत भएको उहाँको भनाइ छ ।
आजको अनुगमनकै क्रममा सूर्यविनायकमा रहेकाे दीपु इम्पेक्सका सञ्चालक दिनेबहादुर धौबञ्जारले चाडबाडको मुखमा चिनी, खाने तेल, चामल र दालमा अत्यधिक मूल्य वृद्धि भएर आएको बताउनुभयो । नेपालको चिनीलाई निरुत्साहित गरी भारतीय चिनीको आयात बढ्दा बजारमा मनोमानी भएको बताउँदै उहाँले भारतबाट आयात गरिएका धेरै म्याद गुज्रेका खाद्यान्नमा नेपालका डिलरले नयाँ स्टिकर टाँसेर पुनः बजारमा पठाउने गरेको पाइएको बताउनुभयो ।
पसललाई मात्रै दोष दिन नमिल्ने भन्दै उहाँले डिलरबाटै उपभोक्ता ठगिने गरेको र बजारको महँगी वृद्धि नियन्त्रणमा सरकारी निकायले चासो नदिँदा बजारमा बेथिति बढेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।