काेशीका तत्कालीन मन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरुद्...
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – मलेसियाले झण्डै १६ महिनापछि कोरोना महामारीको कारण विदेशी श्रमिकको आवागमनमा लगाएको प्रतिबन्ध हटाउने भएको छ ।
मलेसियाका प्रधानमन्त्रीले स्माइल साबरी याकोबले विदेशी श्रमिक र मलेसियाका केही स्थान विदेशी पर्यटकका लागि खुला गर्ने बताउनुभएको खबर रोयर्टस्ले लेखेको छ ।
‘विशेष सावधानी अपनाएर विदेशी श्रमिक मलेसिया ल्याउन महामारी व्यवस्थापन विशेष कमिटी सहमत भएको छ, अहिले विशेष गरी प्लान्टेशन क्षेत्रको आवश्यकता पूरा गर्नको लागि विदेशी श्रमिकको आवागमन खुला गरिनेछ,’ उहाँले भन्नुभएको छ । तर मलेसियाले अन्य क्षेत्रमा विदेशी श्रमिक लैजाने विषयमा भने अहिले पनि कुनै निचोड निकालेको छैन ।
रबर ग्लोभ्स उद्योगहरूले पनि मलेसिया सरकारसँग विदेश श्रमिकलाई ल्याउने अनुमति मागिरहेका छन् ।
थप श्रमिक नल्याएमा यस वर्ष र आउँदो वर्षको माग अनुसार उत्पादनमा समस्या हुने उद्योगले बताइरहेका छन् ।
यस्तै मलेसियाले नोभेम्बरको मध्यबाट केही क्षेत्र विदेशी पर्यटकका लागि खुला गर्ने भएको छ । मलेसियाले कोरोना विरुद्धको खोप लगाएका र उच्च स्तरका पर्यटकको आवागमनलाई प्राथमिकता दिने छ । जसबाट कोरोना महामारीबाट खस्किएको अर्थव्यवस्थामा सहयोग पुग्ने मलेसियाको अपेक्षा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।