उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
डाेटी - बाढी पहिरोका कारण ठाउँ ठाउँमा सडक बन्द हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव हुन थालेको छ । औषधिको अभाव हुँदा अतिआवश्यक उपचार सेवासमेत प्रभावित हुन थालेको छ ।
एक हप्ता अगाडिको बाढीपहिराेले राजमार्ग तथा ठाउँठाउँका सडक बन्द हुँदा बझाङ, बाजुरा, बैतडी र अछाम लगायत जिल्लामा औषधिको अभाव हुन थालेको हो ।
सडक बन्द हुँदा एक हप्तासम्म निकै सास्ती भोगेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताउनुभयो ।
उहाँकाअनुसार गएको १ गतेदेखि ६ गतेसम्म ढुवानी ठप्प हुँदा सुदूरपश्चिमका प्रायजसो सबै ग्रामीण क्षेत्रमा औषधिको अभाव भएकाे थियो । तर, अहिले केही ठाउँमा सडक खुल्न थालेकाले खुलेका ठाउँमा ढुवानी गर्न थालिएको छ ।
बन्द भएका केही सडक खुले पनि अझै धेरै सडक ठप्प छन् । यसले गर्दा ग्रामीण क्षेत्रमा अझै औषधिको अभाव हुने देखिएको छ ।
अहिलेसम्म जसोतसो काम चलाइरहेको भए पनि तत्काल ढुवानी नभएमा अवस्था गाह्राे हुन सक्ने जिल्ला अस्पताल बझाङका सूचना अधिकारी गंगाप्रसाद जोशीले बताउनुभयो । उहाँकाअनुसार सडक बन्द हुँदा इन्धन आपूर्ति समेत रोकिएको छ । यसले गर्दा भिडियो एक्सरे, अक्सिजन प्लान्ट र कोरोनाको पीसीआर परीक्षण पनि बन्द भएको छ । यस्तै यातायात बन्द भएका कारण रेफर गर्नुपर्ने बिरामी बढी समस्यामा परेका छन् ।
सडक बन्द हुँदा एक ठाउँबाट उपचारका लागि उनीहरु अर्को ठाउँमा जान पाएका छैनन् । यस्तै, जिल्ला अस्पताल डोटीका डाक्टर प्रकाश ठकुल्लाले सडक बन्द भएपछि केही दिनयता औषधिको अभाव भएको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।