काेशीका तत्कालीन मन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरुद्...
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – सरकारले अफगानिस्तानबाट थप ३२ जना नेपालीलाई उद्धार गरेर आज काठमाण्डौ ल्याएको छ । आज उद्धार गरेर ल्याएका ३२ जनासहित अहिलेसम्म अफगानिस्तानबाट नौ सय ४० जना नेपालीलाई स्वदेश फर्काइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आज नेपाल आएकाहरु श्रम स्वीकृति नलिइकनै अनौपचारिक हिसाबले रोजगारीको लागि अफगानिस्तान गएका मन्त्रालयले जनाएको छ । राजधानी काबुलसहित विभिन्न ठाउँमा छरिएर बसेका उनिहरुलाई एकै ठाउँमा जम्मा पारेर आज काठमाण्डौ ल्याइएको हो । अब संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न निकायमा काम गर्ने केही नेपाली मात्रै अफगानिस्तानमा रहेको मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघका निकायले अफगानिस्तानमा रहेका नेपालीलाई कुनै खतरा नरहेको जानकारी दिँदै कुनै जोखिम भएमा तत्कालै फर्काइने जानकारी दिएको पनि परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले अब अफगानिस्तानमा कुनै पनि नेपाली उद्धारको पर्खाइमा नरहेको बताउनुभयो । तालिबानले अफगानिस्तान कब्जा गर्ने तयारी गर्नासाथ संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, क्यानडा, जापान, विभिन्न रोजगारदाता कम्पनी लगायतको सहयोगमा नेपालीलाई उद्धार गरिएको भन्दै मन्त्रालयले नेपालीको उद्दारमा सहयोग पर्याउने सबैलाई धन्यवाद पनि दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।