काेशीका तत्कालीन मन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरुद्...
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - कोरोना महामारीका कारण झण्डै २ वर्षदेखि बन्द रोजगार अनुमति प्रणाली (ईपीएस) मङ्सिरदेखि खुल्ने भएको छ ।
महामारी रोकथामका लागि भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले आउँदो नोभेम्बर अर्थात् मंसिरदेखि ईपीएसको प्रक्रिया खुला गर्ने भएको हो ।
कोरियाको श्रम मन्त्रालयका अनुसार ईपीएसमार्फत कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिने क्रम नोभेम्बर अन्तिम हप्ता सुरु हुन लागेको हो ।
ईपीएसमार्फत हरेक वर्ष ५० हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेका छन् । तर कोरोना महामारी सुरु भएसँगै सम्पूर्ण प्रक्रिया रोकिएको थियो । विदेशी कामदार नजाँदा त्यहाँको कृषि र उत्पादनमूलक क्षेत्रमा कामदारको अभाव हुन थालेको छ ।
अहिले कोरिया सरकारले त्यहाँका ८० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेको र ७५.५ प्रतिशतले खोपको पुरै मात्रा लगाएको भन्दै कोरोना रोकथामका लागि बनाइएको प्रतिबन्धलाई खुकुलो बनाउँदै लगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Jagat Saud
Nov. 8, 2021, 4:50 p.m.Good work