उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासकाे मत पाउनुभएकाे छ । मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १८८ को उपधारा १ एवम् प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेश सभामा पेस गरेको विश्वासको मतको पक्षमा बहुमत पुगेकाले प्रदेश सभाको विश्वास रहेको सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयाे ।
आज साेमवार प्रदेश सभामा भएकाे मतदानमा मुख्यमन्त्री पाण्डेकाे पक्षमा ५९ मत खसेकाे हाे । त्यस्तै उहाँकाे विपक्षमा ४३ मत खस्दा दुई मत तटस्थमा खसेकाे छ ।
प्रदेश सभामा एक सय नाै रहेकामा आज एक सय चार जना उपस्थित भएका थिए । प्रदेश सभामा विश्वासकाे मत पाउन ५५ सांसदकाे समर्थन चाहिने हुन्छ ।
नेकपा एकीकृत समाजवादी पार्टी वाग्मती प्रदेश संसदीय दलका नेता पाण्डे चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे । उहाँलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीकाे समर्थन थियाे ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका हुन् । नेकपा एमाले र विवेकशील साझा पार्टीका सांसद्ले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको छ ।
प्रदेश सभा बैठकमा राप्रपाका दुई सांसद र एमालेका दुई सांसद अनुपस्थित थिए । राप्रपाका सांसदद्वय रिता माझी र रिना गुरुङ तथा एमालेका सांसदद्वय गणेश दुलाल र बेलिमाया घले अनुपस्थित रहे ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले नियुक्त भएकाे ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यही बाध्यात्मक परिस्थितिका कारण मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुभएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।