काेशीका तत्कालीन मन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरुद्...
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – कुवेतले सबै प्रकारका भिसा जारी गर्ने तयारी गरेको छ ।
कोरोना सङ्क्रमण दर घट्दै जाँदा वर्क परमिटसँगै वर्किङ भिसा, बिजनेस भिसा, टुरिस्ट भिसा लगायत सबै प्रकारका भिसा जारी गर्ने तयारी गरेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको खबर कुवेत टाइम्सले लेखेको छ ।
तर कुवेतले मान्यता दिएका दुवै खोप लगाएकाहरूका लागि मात्र कुवेतले भिसाहरू जारी गर्ने सर्त राखेको छ । खोप लगाएको क्युआरकोड सहितको भ्याक्सिनेसन सर्टिफिकेट भिसाको लागि अप्लाइ गर्दा पेस गर्न पर्नेछ । अन्य खोप लगाएकाहरूले भो बुस्टर डोज खोप लगाएको हुन पर्नेछ ।
कुवेतले कोरोना महामारी रोकथामका लागि भन्दै नयाँ भिसा जारी गर्न रोकेको थियो । तर पछिल्लो समय कोरोना सङ्क्रमण घट्दै जाँदा लगाएका प्रतिबन्धहरू पनि खुकुलो बनाउँदै लगेको छ ।
कुवेतले सबै प्रकारका भिसा जारी गर्न थालेपछि विदेशीका लागि वर्क परमिट पनि जारी गर्न थाल्ने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।