काेशीका तत्कालीन मन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरुद्...
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – यूएईले पाँच वर्षे पल्टिपल इन्ट्री टुरिस्ट भिसा जारी गर्ने भएको छ ।
कोरोना महामारीपछि आफ्नो देशमा पर्यटकको सङ्ख्या बढाउन र यूएईलाई विश्वको मुख्य पर्यटक गन्तव्यको रूपमा स्थापित गर्न भिसा प्रणाली सहज बनाएको हो ।
पाँच वर्षको मल्टिपल टुरिस्ट भिसा अन्तर्गत पर्यटकहरू पटक पटक यूएई आउजाउ गर्न सक्नेछन् । पर्यटकले पटक पटक भिसा लगाउने झन्झट गर्न पर्ने छैन ।
एक पटक जाँदा ९० दिनसम्म बस्न पाइने छ भने थप ९० दिन आफ्नो बसाई लम्ब्याउन पनि सकिन्छ । यो भिसा संसारका सबै देशका नागरिकले पाउने खबर खालिज टाइम्सले लेखेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।