सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - बेलारुसले आप्रवासी सङ्कटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्ध लगाएमा युरोपको ग्याँस आपूर्ति रोकिदिने चेतावनी दिएकाे छ ।
बेलारुसका नेता एलेक्जेन्डर लुकासेन्कोले प्रतिबन्ध लगाएमा आफूहरूले जवाफ दिने बताउनु भएको हो ।
लुकासेन्कोको अभिव्यक्तिले युरोपमा अहिले नै अभाव र उच्च मूल्यमा रहेको ग्याँसलाई लिएर नयाँ चिन्ता उत्पन्न भएको छ ।
बेलारुसको पश्चिमी सीमामा पोल्यान्डतर्फ धेरैजसो इराक, सिरिया र यमनबाट आएका हजारौँ आप्रवासीहरू युरोपेली सङ्घ (ईयू)को क्षेत्रभित्र प्रवेश गर्ने आशामा चिसो सहेर बसिरहेका छन् ।
ईयू अधिकारीहरूले बेलारुसलाई यो सङ्कटलाई उचालेर सुरक्षा अवस्था बिगारेको आरोप लगाएका छन् । तर बेलारुसले यसलाई अस्वीकार गर्दै आएको छ।
राष्ट्रसङ्घीय सुरक्षा परिषद्का पश्चिमा सदस्य राष्ट्रहरूले पोल्यान्डसँगको सीमामा उत्पन्न आप्रवासी सङ्कटबारे बोल्दै बेलारुसका कदमको आलोचना गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।