न्यून गुणस्तरको भन्दै श्रीलङ्काद्वारा चिनियाँ जैविक मल अस्वीकार, विवाद बढ्दै

 कात्तिक २७, २०७८ शनिबार २०:२६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जैविक मलको गुणस्तरलाई लिएर चीन र श्रीलङ्काबीच विवाद बढ्दै गएको छ ।

हिप्पो स्पिरिट नाम गरेको एक विशाल चिनियाँ पानीजहाज गएको सेप्टेम्बरमा २० हजार टन जैविक मल बोकेर श्रीलङ्का पुगेको थियो । तर श्रीलङ्का सरकारले अर्डर गरेभन्दा न्यून गुणस्तरको मल पठाएको भन्दै अस्वीकार गरेपछि विवाद बढेको हो । खेतीबालीमा नोक्सानी पुर्याउने मल पठाएको भन्दै श्रीलङ्काका किसान र कृषि वैज्ञानिकले विरोध गर्दै मल अस्वीकार गर्न दबाब दिएका छन् ।

श्रीलङ्काले चीनको किंग्दाओ कम्पनीबाट ४९ दशमलव सात मिलियन डलरमा ९९ हजार टन जैविक मल खरिदको सम्झौता गरेको थियो, तर पहिलो खेपमै गलत र न्यून गुणस्तरको मल पठाएको भन्दै श्रीलङ्काले स्वीकार गरेको छैन । श्रीलङ्काको कृषि विभागका महानिर्देशक अजंथा डि सिल्भाले चीनले पठाएको मलको नमुना जाँच गर्दा बालीलाई हानी गर्ने प्रमाण भेटिएको बताएका बीबीसीले जनाएको छ ।

श्रीलङ्काको एक अदालतले पनि चिनियाँ मलबापतको रकम नर्तिन आदेश दिएको छ । तर यसको जवाफमा श्रीलङ्कामा रहेको चिनियाँ दूतावासले बैंकलाई नै कालोसूचीमा राखेको छ । चिनियाँ कम्पनीले पनि अर्डर अनुसारकै मल पठाइएको दाबी गर्दै उल्टै आठ मिलियन डलरको क्षतिपूर्ति मागेको खबरमा उल्लेख छ ।

सेप्टेम्बरमा हम्बनटोटा बन्दरगाहमा पुगेको जहाजबाट मल झार्न अनुमति नदिएपछि चिनियाँ कम्पनीले जहाज दक्षिण पश्चिमी तटमा पार्किङ गरेर राखेको छ । श्रीलङ्काले देशमा रासायनिक मलको आयातमा प्रतिबन्ध लगाउँदै जैविक मलको मात्रै प्रयोग गर्ने घोषणा गरेको छ ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Mr.K.K Lamsal

    Nov. 13, 2021, 8:37 p.m.

    गुणस्तरीय मात्रै पो खरीद गर्न जोसुकैले मन पराउने हो ।अन्यथा लिएर के फाइदा *****? जय मातृभूमि नेपाल! धन्ने लोकतान्त्रिक गणतन्त्रको उपलब्धि!! जयश्री पशुपतिनाथ!!!

  •  0 Reply

तपाईको प्रतिक्रिया