शेयर बजार ३२ अङ्कले घट्यो, ६ अर्ब २७ करोड रुपैयाँको कारोबार

 मंसिर २, २०७८ बिहीबार १५:१७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कारोबार हुने हप्ताको अन्तिम आज बिहीवार शेयर बजार परिसूचक नेप्से घटेर राताम्मे भएको छ । नेप्से आज ३२ दशमलव ३९ अङ्कले घटेर दुई हजार सात सय ६९ दशमलव १३ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकाेमा विकास बैंक, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २४ कम्पनीका ९८ लाख ६२ हजार कित्ता शेयर ६ अर्ब २७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल टेलिकमको ६० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया