रामेछाप दुर्घटना : वडाअध्यक्ष बस्नेतको शोकमा भाेलि गाउँपालिका...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – जापानको गाडी उत्पादक कम्पनी टोयोटाले चन्द्रमामा गाडी पठाउने तयारी थालेको छ । टोयोटाले जापानको अन्तरिक्ष संस्थासँग मिलेर चन्द्रमाको सतहमा आफ्नो गाडी पठाउन तयारी थालेको समाचारसंस्था एपीले जनाएको छ ।
सन् २०४० सम्ममा चन्द्रमामा बसोबासका लागि तयारी गर्न आफ्नो कम्पनीले गाडी पठाउने तयारी थालेको टोयोटाका अधिकारीले बताएका एपीको खबरमा उल्लेख छ । जापान एरो-स्पेस एक्सप्लोरेसन एजेन्सीसँग मिलेर विकास गरिरहेको गाडीको नाम लुनार क्रुजर रहेको छ । अहिले टोयोटाको ल्यान्ड क्रुजर एसयूभी विश्व प्रख्यात छ ।
बाहिरी अन्तरिक्षमा पनि गाडीमै मानिसहरुले खान, काम गर्न, सुत्न र सञ्चार गर्न सकिने अवधारणामा आधारित भएर लुनार क्रुजरको विकास गरिरहेको र सम्भवतः एक दशकमा यो तयार हुने परियोजनाको नेतृत्व गरिरहेका ताकाओ सातोलाई उदृत गर्दै एपीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।