एनपीएलको उद्घाटन खेलमा विराटनगरलाई हराउँदै जनकपुरको विजयी ...
मंसिर १५, २०८१ शनिबार
संयुक्त राष्ट्र सङ्घको अफगानिस्तान मिसनले अफगानिस्तानका पूर्व सरकारी अधिकारीहरूको खातामा अवैध रूपमा जम्मा भएको सम्पत्ति जफत गर्ने प्रस्ताव गरेको छ ।
टोलो न्युजले स्थानीय अधिकारीलाई उदृत गर्दै लेखेको छ, 'अफगान नागरिकहरूले नेसेर अहमद फैकको प्रस्तावको प्रशंसा गरेका छन् । अफगानिस्तानका धेरैजसो पूर्व सरकारी अधिकारीहरू भ्रष्टाचारमा संलग्न रहेका र अहिले देशमा आर्थिक सङ्कट रहेका समय विदेशमा विलासी जीवन बिताइरहेका छन् ।'
अफगानिस्तानमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा नेसेर अहमद फाइकले भन्नुभयो, 'म अफगानिस्तानमा यस पहिले भ्रष्टाचार र अन्तर्राष्ट्रिय सहायताको दुरुपयोग गर्दै भूतपूर्व सरकारी अधिकारीहरूको विदेशी खातामा अवैध रूपमा जम्मा गरिएका सबै अफगान सम्पत्ति जफत गर्न अनुरोध गर्छु ।'
'तिनीहरूलाई जवाफदेही ठहराउनै पर्छ । २८ लाख मानिसहरू भोकभोकै छन् र आमाहरू बाँच्नैका लागि आफ्ना छोराछोरीलाई बेच्ने गरेका भनाइहरू बाहिरिएका छन्, यो उचित होइन । तर भ्रष्ट पूर्व सरकारी अधिकारीहरू युरोप र अमेरिकाका विभिन्न देशहरूमा विलासी घर तथा भवनहरूमा बस्छन्' उहाँले भन्नुभयो ।
भ्रष्ट पूर्व अधिकारीहरूलाई शरण नदिन अन्तर्राष्ट्रिय समुदायलाई उहाँको आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।