उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
सोलुखुम्बु - सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहितको क्षेत्रमा करिब १५ वर्षयताकै भारी हिमपात भएकोे छ ।
बिहीवारदेखि सुरु भएको बाक्लो हिमपातले सल्लेरी बजारसहितका क्षेत्र हिउँले ढपक्कै ढाकेको छ ।
हिमपातका कारण जनजीवन कष्टकर बनेको भए पनि हिउँ खेल्नेहरु भने हिउँमा रमाइरहेकाे देखिन्छ । विभिन्न क्षेत्रबाट जिल्लामा आएका आन्तरिक पर्यटकहरु तथा जिल्लाकै नागरिकहरु हिउँ खेलिरहेका देखिन्छन्।
तर, सडकमा बाक्लो हिउँ जमेका कारण गाडी चल्न सकेकाे छैन भने काठमाण्डौ लगायत बाहिरी जिल्लामा जाने गाडी छुट्न सकेका छैनन् ।
यस्तो देखियो सल्लेरी आसपासका क्षेत्र :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।