यू–१९ एशिया कप : नेपालले बङ्गलादेशलाई दियाे १ सय ४२ रनकाे ...
मंसिर १६, २०८१ आइतबार
बझाङ – गएकाे असोज ३१ गते देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने जाल्याबगरमा सडक पूर्ण रुपमा क्षति गरेको थियो । उक्त सडक निर्माणको कार्य अहिले तीव्र गतिमा सुरु भएको छ ।
ड्रागन जगदम्बा सुर्मा सरोबर जेभीले ५ करोड ६० लाखको लागतमा अहिले यो सडक निर्माणको कार्य सुरु गरेको हो । सडक डिभिजन बैतडीले ७ करोड ५० लाख रुपैयाँको टेन्डर आह्वान गरेको भए पनि ड्रागन जगदम्बा सुर्मा सरोबर जेभीले भ्याटसहित ५ करोड ६० लाख रुपैयाँमा ठेक्का पाएको ड्रागन जगदम्बा सुर्मा सरोबर जेभीका सञ्चालक शेरबहादुर बोहराले बताउनुभयो ।
‘बैशाख अन्तिमसम्म सडक निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको छ । हामीहरु समयभन्दा अघि नै सडक निर्माणको कार्य सम्पन्न गर्ने तरिकाले तीव्र गतिमा काम गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘अहिले ७० जना भन्दा बढी कामदार र ४ वटा जेसीबी लगाएर काम भइरहेको छ, फागुनको पहिलो हप्ताभित्र आरसीसीको काम समेत सुरु हुने छ ।’
जाल्या बगरको भित्तामा सडक कटान गर्नुपर्ने क्षेत्र पूरै कडा चट्टानको भएका कारण बलाष्टिङको समेत काम गर्नु पर्ने देखिन्छ । काम तोकिएको अवधिभित्रै सम्पन्न गर्ने आफ्नो तयारी भए पनि ब्लास्टिङ गर्ने सामाग्रीहरु समयमा नपाए केही समय लम्बिन सक्ने पनि बोहोराले बताउनुभयो ।
उहाँका अनुसार ४५ मिटर जाली हाल्ने काम छ । एक सय ६० मिटर आरसीसीसहित स्ट्रक्चर गर्नु पर्ने छ भने जम्मा ४ सय मिटर स्ट्रक्चर, आरसीसी कटिङ, तथा ब्लाष्ट गर्नु पर्ने देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।