गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
नुवाकाेट – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहोर्याउनुभएकाे छ । उहाँले आज साेमवार नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै यस्ताे धारणा राख्नुभएको हो ।
कार्यक्रममा उहाँले भर्खरै प्रतिनिधि सभाबाट पारित भएको एमसीसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरू भ्रममात्र भएको पनि स्पष्ट गर्नुभयो । उहाँले यस परियोजनाको विरोध गर्ने एमाले नेता भीम रावलले आफैँ मन्त्रिपरिषदमा रहँदा त्याे परियोजना पास गरेको तर अहिले आएर विरोध मात्र गरेको प्रसङ्ग उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री देउवाको प्रश्न थियो, ‘आफैँ मन्त्री भएका बेला मन्त्रिपरिषदबाट पास गरेका भीम रावलले त्यस बेला किन आलोचना गर्नुभएन ? त्यति बेला राजीनामा नदिएर के हेरेर बसेको ?’, देउवाले आक्रोशित हुँदै भन्नुभयो, ‘आफू पार्टीको नेता र मन्त्री हुँदा आफैँले मन्त्रिपरिषदबाट पारित गर्ने अनि अहिले किन विरोध गर्दैछन् ? विरोध गर्ने भए त्यसै बला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्दैनथ्यो ?’
प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको पनि स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री देउवाले रावल मन्त्री हुँदा एसमसीसीको प्रक्रिया अघि बढेको पटक–पटक सुनाउनुभयो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमसीसीका बारेमा जवाफ दिनैपर्ने भो भन्दै पूर्वमन्त्री एवम् एमाले नेता रावलप्रति आक्रोश पोख्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।