नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम : गृह मन्त्री खाण

 चैत ३, २०७८ बिहीबार १९:६:११ | रासस
unn.prixa.net

फाइल फाेटाे

कपिलवस्तु – गृह मन्त्री बालकृष्ण खाणले एमसीसी परियोजनाअन्तर्गत नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम भएको बताउनुभएको छ । अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै उहाँले कुनै पनि देशको सेना आए आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको बताउनुभयो ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिका जितपुरमा १२ औँ कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा गृह मन्त्री खाणले एमसीसी परियोजना विद्युत् र सडकको परियोजना रहेको स्पष्ट गर्नुभयो । 

उहाँले जलस्रोतको धनी देश नेपालमा ठूला र साना गरी ६ हजार नदी भए पनि पूर्णरूपमा जलविद्युत् उत्पादन गर्न नसकेको बताउनुभयो । ‘वर्षायाममा धेरै विद्युत् उत्पादन भइ खेर जाने समस्या छ, हिउँदमा नपुगेर भारतबाट ल्याउनुपरेको छ’, उहाँले भन्नुभयो, ‘नेपालमा उत्पादन भएको विद्युत् बाहिर बिक्री गर्न सकिए व्यापार घाटा कम हुन्छ ।’

उहाँले सरकार व्यवसायीमैत्री रहेको हुँदा उद्योग व्यवसायीको समस्यामा सहयोग गर्ने सरकारको दायित्व रहेको बताउनुभयो । सरकार र जनता एउटै सिक्काको दुई पाटो रहेको जनाउँदै उहाँले सबैलाई सहयोग गर्ने विश्वास साट्न चाहेको बताउनुभयो । कपिलवस्तु महोत्सव चैत १३ सम्म चल्नेछ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया