श्रीलङ्का पहिलाे पारीमा ४२ रनमै अलआउट
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – लगातार तीन दिनसम्म दोहोरो अङ्कले घटेको शेयर बजार आज बिहीवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ६६ अङ्कले बढेर दुई हजार चार सय ६४ दशमलव ३१ विन्दुमा पुगेको छ ।
सबै समूहको शेयर बढेकोमा विकास बैंक, व्यापार, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई सय २४ कम्पनीका ५४ लाख ४४ हजार कित्ता शेयर दुई अर्ब १२ करोड १५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको सात करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भयो ।
हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि राष्ट्रउत्थान लघुवित्तको शेयर झण्डै आठ प्रतिशत र इमर्जिङ नेपाल कम्पनीको शेयर सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।