उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
चितवन – चितवनको भरतपुर महानगरपालिकाका २९ वटै वडाका कांग्रेस सभापतिहरू गठबन्धनको विपक्षमा उभिएका छन् । कांग्रेसको महानगर वडा समितिका सभापतिहरूको आज मङ्गलवार बसेको बैठकले भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले नपाए सबै वडामा स्वतन्त्र उम्मेदवार खडा गर्ने निर्णय गरेको हो ।
बैठकले चुनावी तालमेलका क्रममा भरतपुर महानगरको मेयर छाड्ने निर्णय केन्द्रबाट भए सबै वडामा विद्रोह गर्ने औपचारिक निर्णयसहितको ज्ञापनपत्र कांग्रेस जिल्ला सभापति राजेश्वर खनाललाई बुझाएको छ ।
स्थानीय नागरिकको भावना विपरीत निर्णय मान्न बाध्य नहुने भरतपुरको वडा नम्बर १५ का कांग्रेस सभापति राजेन्द्र साँखीले बताउनुभयो । केन्द्रले भरतपुरको मेयर अरू पार्टीलाई दिए सबै वडामा कांग्रेसको उम्मेदवार खडा गर्ने र गठबन्धनको निर्णय अस्वीकार गर्ने साँखीको भनाइ छ ।
आजको बैठकमा २५ वडाका सभापतिहरू सहभागी थिए । प्राविधिक कारण अनुपस्थित रहेका अन्य चार वडा सभापतिले पनि निर्णयमा सहमति जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।