परिणाम देखिने गरी चुनावमा होमिन प्रचण्डको निर्देशन

 वैशाख २, २०७९ शुक्रबार ११:५४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिणाम देखिने गरी चुनावमा होमिन निर्देशन दिनु भएको छ ।

बिहान आफ्नै निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति र प्रदेश इञ्चार्जको विस्तारित बैठकमा प्रचण्डले परिणाम देखिने गरी चुनावमा होमिन निर्देशन दिनु भएको हो । बैठकले जतिसक्दो छिटो उम्मेदवार चयन गर्ने र परिणाम देखिने गरी अगाडि बढ्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रले सत्तागठबन्धनबीच भएको सहमतिअनुसार तालमेल गर्दै अगाडि बढ्ने जनाएको छ । केही समयअघि पाँच दलीय सत्तागठबन्धनले महानगरपालिका, उपमहानगरपालिकामा केन्द्रबाटै उम्मेदवार टुङ्गो लगाउने निर्णय गरेको  थियो । तर, भागबन्डा मिलाउन भने बाँकी छ ।

यसैबीच, सत्तागठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउने लगायत विषयमा छलफल हुनेछ । 
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया