गठबन्धन बैठकमा सहमतिको प्रयास : कांग्रेसलाई तीन तथा माओवादी, समाजवादी र जसपालाई एक/एक महानगर

 वैशाख ५, २०७९ सोमबार ११:४५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - महानगरपालिका र उपमहानरपालिकाको उम्मेदवार टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।

सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो । अहिले कांग्रेसलाई तीन महानगरसहित सात उपमहानगरमा मेयरको उम्मेदवार दिने तयारी भएको छ ।

कांग्रेसलाई काठमाण्डौ, ललितपुर र विराटनगर महानरपालिका दिने तयारी छ । यस्तै, भरतपुर महानगरको मेयर माओवादीलाई र उपमेयरसहित सबै २९ वडाका अध्यक्ष उम्मेदवार भने कांग्रेसको हुने गरी सहमतिको प्रयास भइरहेको छ।

पोखरामा मेयर एकीकृत समाजवादीलाई र वीरगञ्जमा मेयर जसपालाई दिनेबारे गठबन्धनमा छलफल भइरहेको छ । काठमाण्डौमा उपमेयर नेकपा एकीकृत समाजवादी तथा विराटनगरमा उपमेयर जसपालाई दिने तयारी भएको छ।

पोखरा र वीरगञ्जको उपमेयर कांग्रेसले पाउने गरी सहमतिको प्रयास भइरहेको छ। गठबन्धनको कार्यदलले तयार पारेको खाकामा सहमति जुटाउन अहिले छलफल भइरहेको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bimal wagle

    April 18, 2022, 2:16 p.m.

    कांग्रेस ले सबै माहानगर र उपमहानगर मेयर को दाबिदारी छोडनु हुदैन उपमेयर र वाडहरुमा सहमति गर्न सकिन्छ जमानत जफत हुने पार्टीले कसरी जित्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया