शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

 वैशाख ५, २०७९ सोमबार १५:२५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नयाँ वर्षको दोस्रो कारोबारमा पनि शेयर बजार राताम्मे भएको छ । हिजो आइतवार २९ दशमलव ६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज साेमवार ४१ दशमलव ७७ अङ्कले घटेर २३ सय ४३ दशमलव ८७ विन्दुमा झरेको छ । 

आज सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, जलविद्युत्, फाइनान्स, अन्य, विकास बैंक र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २९ कम्पनीका ३८ लाख ७६ हजार कित्ता शेयर एक अर्ब ५३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको चार करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भयो । 

सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनीको शेयर आठ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि नेष्डो समृद्ध लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया