ललितपुरमा मेयरकाे टिकट मैले नै पाउँछु : चिरिबाबु महर्जन

 वैशाख ६, २०७९ मंगलबार १७:७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफूले फेरि मेयरकाे टिकट पाउने बताउनुभएकाे छ । आज मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मेयर महर्जनले यस्ताे बताउनुभएकाे हाे । 

मेयर महर्जनले गठबन्धनले गरेकाे भागबन्डा आफूहरूले मान्ने पनि बताउनुभएकाे छ । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले पहिले पनि चुनाव जितेको हुनाले यस पटकको चुनावमा अरूलाई नछोड्ने उहाँकाे भनाइ थियाे । 

मेयर महर्जनले भन्नुभयाे, ‘गठबन्धन गर्दै गर्दा केन्द्रको निर्णय मान्नुपर्छ र हामी मान्छौँ । ललितपुर हामी छोड्दैनौँ । हामीले त जितेको ठाउँ हो नि । छोड्ने भन्ने त प्रश्नै आउँदैन । मेयर–उपमेयर हामी राख्छौँ । २९ वडामा १९ वडा भागबन्डा गर्छाैँ, १० वडा हामी नै राख्छौँ । भागबन्डा गर्दा हामी कम्तीमा पनि ५० प्रतिशत लिन्छौँ । गठबन्धनमा जे निर्णय हुन्छ हामी अक्षरशः पालना गर्छाैँ ।’

उहाँले ललितपुर महानगरपालिकामा मेयरको उम्मेदवार आफु भएको पनि बताउनुभयो । आफुले नै मेयरको टिकट पाउने उहाँले दाबी गर्नुभयो । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया