उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – वैशाख ३० गते हुने पालिका चुनावका लागि झन्डै ६१ हजार जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगलाई बेलुका साढे ६ बजेसम्म प्राप्त भएको विवरणअनुसार ६० हजार नौ सय ५० जनाले मनोनयन दर्ता गराएका छन् ।
मेयर पदमा एक हजार नौ सय १४ जना, उपमेयरमा एक हजार एक सय ७३ जना, गाउँपालिका अध्यक्षमा एक हजार नौ सय ४४ जना र उपाध्यक्ष पदमा एक हजार तीन सय १९ जनाले मनोनयन दर्ता गराएका छन् ।
यस्तै १५ हजार दुई सय ८५ जनाले वडाध्यक्ष, नौ हजार आठ सय ९१ जनाले महिला सदस्य, आठ हजार ६ सय ७४ जनाले दलित महिला सदस्य र खुला सदस्यका लागि २० हजार सात सय ३० जनाले मनोनयन दर्ता गराएका छन् ।
जिल्ला–जिल्लाबाट विवरण आउने क्रम चलिरहेकाले यो सङ्ख्यामा घटबढ हुन सक्ने आयोगले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।