उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - पालिका चुनावको लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली आज प्रकाशित हुँदैछ । चुनावी कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । आजै बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
भोलि उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ । ७ सय ५३ पालिकाका ३५ हजार दुई सय २१ पदमा एक लाख ५३ हजार एक सय ६७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
मेयर पदका लागि तीन हजार पाँच सय १८, अध्यक्षका लागि तीन हजार तीन सय ९२, उपमेयरका लागि दुई हजार एक सय ७४, उपाध्यक्षका लागि दुई हजार चार सय सात, वडाध्यक्षका लागि ३५ हजार तीन सय ८७, महिला सदस्यका लागि २६ हजार पाँच सय ५८, दलित महिला सदस्यका लागि २३ हजार नौ सय ५९ र सदस्यका लागि ५५ हजार सात सय ७२ जनाको उम्मेदवारी दर्ता भएको छ । धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारी परेको छ ।
पार्टीले उठाएका नाममा चित्त नबुझेपछि बागी उम्मेदवारी दिनेहरु धेरै छन् । बागी उम्मेदवारलाई फकाउन नेतृत्वले कसरत गरिरहे पनि केही ठाउँमा मात्रै उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् ।
देशभर चुनावी तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका नेताहरूलाई बागी उम्मेदवारको व्यवस्थापन गर्न समस्या छ । पार्टीले टिकट नदिएपछि स्वतन्त्ररुपमा उम्मेदवारी दिएका नेता कार्यकर्ताको उम्मेदवारी फिर्ता लिन गठबन्धनका शीर्ष नेताहरूलाई समस्या परेको हो ।
आज उम्मेदवारी फिर्ता दिने अन्तिम दिन भएकाले बागी उम्मेदवारको व्यवस्थापन गर्न नेताहरु थप सक्रिय भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।