११ बुँदे निर्देशनको आधारमा उम्मेदवारको नामावली प्रकाशित

 वैशाख १६, २०७९ शुक्रबार ९:२२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका क्रममा देखिएका ११ प्रकारका विवाद टुङ्ग्याएर नामावली प्रकाशित गरेको जनाएको छ ।

७ सय ५३ पालिकाका निर्वाचन अधिकृतहरुले उम्मेदवार विरुद्ध परेका उजुरीहरुको जाँचबुझ गरी हिजो नामावली प्रकाशित गरेका हुन् । यसअघि आयोगले उम्मेदवारका सम्बन्धीमा परेका उजुरीलाई निरुपण गर्न ११ बुँदे निर्देशन दिएको थियो ।

एउटै दलको दुईभन्दा बढी उम्मेदवारी परेको ठाउँमा दलको केन्द्रीय कार्यकारिणी समितिको प्रमुख पदाधिकारीले उम्मेदवार यकिन गर्न निर्वाचन अधिकृतलाई दिएको पत्रलाई आधार मानिएको छ । कुनै दलले मेयर र उपमेयर वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवारलाई मात्र मनोनयन गरेको भए दुवै उम्मेदवारी खारेज गर्न पनि निर्देशन दिइएको आयोगले जनाएको छ।

यस्तै मनोनयन पत्र दर्ता गर्ने उम्मेदवारको नाममा बेरुजु रहेको सम्बन्धमा उम्मेदवारको नाममा किटानीसाथ असुल उपर गर्नुपर्ने भनी महालेखा परीक्षकको कार्यालयबाट बेरुजु औँल्याइएको अवस्थामा बाहेक मनोनयन पत्र सदर गरिएको छ ।

कालोसूचीमा रहेका व्यक्तिहरुको उम्मेदवारी भने रद्द गरिएको आयोगले जनाएको छ । नागरिकता र मतदाता नामावलीमा विवरण फरक परेमा नागरिकताका आधारमा विवरण कायम गरिएको आयोगले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया