नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाडौं - नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्म अलहिलले नेपालबाट घरेलु कामदार पठाउने व्यवस्था सहज बनाउन आफू सकारात्मक रहेको बताउनुभएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग मंगलबार भएको भेटमा उहाँले कतारमा घरेलु कामदारको माग धेरै रहेकाले अहिले रोक्का रहेको घरेलु कामदार पठाउने व्यवस्था सहज बनाउने बताउनुभएको हो ।
उहाँले कामदारको शून्य लागतको विषयमा पनि कतार सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले कामदारको सुरक्षाको विषयमा कतार सरकारले जिम्मेवारीपूर्वक अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
भेटमा नेपाल र कतारबीचको श्रम सम्बन्धका विविध विषय तथा कतारमा नेपाली श्रमिकका लागि रोजगारीका अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको मन्त्री विष्टको निजी सचिवालयले जनाएको छ ।
भेटमा कतारमा नेपाली श्रमिकको न्यूनतम तलब वृद्धि, कामदारहरुको बीमा लगायत सामाजिक सुरक्षा र कामदारले पाउने सेवा, सुविधाको सुनिश्चितता एवं व्यावसायजन्य स्वास्थ्य तथा सुरक्षाको विषयसँगै आगामी दिनमा दुई देशबीच उच्चस्तरीय सम्झौता गरीे श्रमिक आदानप्रदान गर्ने कार्यलाई थप व्यवस्थित र मर्यादित बनाउनेबारे पनि छलफल भएको छ ।
मन्त्री विष्टले कतारमा कामदारहरु पठाउदा शून्य लागतमा पठाउने, दुवै सरकारको सरकारी संयन्त्र तयार गरी त्यही माध्यमबाट कामदारको छनौट र आपूर्तिको व्यवस्था गर्ने र नेपाली श्रमिकहरुलाई २४ सै घण्टाको समेटिने गरी बीमा सुविधा उपलब्ध गराउनुुपर्ने कुरामा जोड दिनुभयो । यसका लागि नेपालको तर्फवाट एउटा प्राविधिक टोली कतार पठाउने र त्यसको लागि कतार सरकारको आवश्यक सहयोग रहने मन्त्री विष्ठले अपेक्षा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।