उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
साेलुखुम्बु - सोलुखुम्बुको सोताङ गाउँपालिका–३ मा मतदातालाई घर लैजाने विषयमा भएको झडपमा एक जनाको ज्यान गएको छ ।
हिजो बेलुका कांग्रेस र माओवादी कार्यकर्ताबीच भएको झडपमा ३५ वर्षका सुदीप राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
मत खसाल्न ल्याएको तर मतदान पछि घर पुर्याउन बेवास्ता गरेको विवादमा झडप हुँदा घाइते भएका राईको जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिनुभयो ।
घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।