नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
पर्सा – पालिका तहको चुनाव अन्तर्गत मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु भएको छ । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालयको ‘सी’ ब्लकमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो ।
पर्सामा मधेस प्रदेशको एकमात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीन वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । १४ वटा पालिकामध्ये हालसम्म सात वटा पालिकामा मात्र मतगणना सुरु भएको हो ।
वीरगञ्ज महानगरपालिकाकासहित हालसम्म बहुदरमाई नगरपालिका, ठोरी गाउँपालिका, कालीकामाई गाउँपालिका, धोविनी गाउँपालिका, छिपहरमाई गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकामा मतगणना जारी छ । यद्यपि, अन्य पालिकामा सर्वपक्षीय छलफलपछि मात्र मतगणना सुरु गरिने छ ।
जिल्लाको १४ वटै पालिकामा मतगणनाका लागि मतगणनास्थलमा आवश्यक फलामे तारजालीसहित सिसीटिभी जडान गरी व्यवस्थापना मिलाइएको छ । पर्सा जिल्लामा रहेका कूल १४ वटा पालिकाका विभिन्न पदका लागि कूल तीन हजार २९७ चुनावी प्रतिस्पर्धामा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।